प्रीया गुरुङको 'मनको भारी' सार्वजनिक (भिडियो)

पाेखरा | भदौ १७, २०८०

प्रीया गुरुङको 'मनको भारी' सार्वजनिक (भिडियो)

पोखरा:   पोखराकी गायिका प्रीया गुरुङको मनको भारी सार्वजनिक भएको छ ।

 

शनिबार यजम्रो इन्टरटेन्मेन्ट युटुबमार्फत उनको गीत सार्वजनिक भएको हो । ज्योती गुरुङको शब्दलाई अमित गुरुङले संगीत भरेका छन् । संगीत संयोजन समेत अमितकै हो । उक्त गीतको म्युजिक भिडियोमा प्रीयाको अभिनय रहेको छ ।

 

पोखराको लेकसाइड एरियामा छायाँकन गरिएको म्युजिक भिडियोलाई सन्देश गुरुङले खिचेका हुन् । कमल बहादुर गुरुङको निर्देशन र सिनेमेटोग्राफी रहेको म्युजिक भिडियोबाट प्रीया आशावादी छिन् । म्युजिक भिडियोलाई टेकमान गुरुङले सम्पादन गरेका हुन् । 

 

 

यसअघि गुरुङ गीतमा आवाज दिएकी प्रीया पछिल्लो समय सांगीतिक क्रियाकलापमा सक्रिय छिन् ।

 

बिग आइकन र भ्वाइस अफ नेपाल जस्तो रियालिटी शोमा समेत सहभागिता जनाएकी उनी पोखराको ओपन “सी” ब्याण्डमा आबद्ध छिन् ।

 

संगीतलाई नै मुख्य पेशा बनाएर नै हिँडेकी छिन् । पोखरा लगायतका आसपासका जिल्लामा भएका सांगीतिक कार्यक्रममा प्रस्तुति राख्न पुग्ने गर्छिन् । संगीतमा नै लागेर प्रीयाले हङकङको यात्रा गरिसकेकी छिन् । 
 

लेकसाइडको अन्नपूर्ण गार्डन रेष्टुरेण्टमा नियमित रुपमा उनको आवाज सुन्न पाइन्छ । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्